Logo

झापाबाटै चुनाव लड्छु: विश्वप्रकाश शर्मा



झापा, १ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा आफू झापाबाटै उमेदवार बन्ने बताएका छन् ।

बुधबार बिहान ट्विट गर्दै उनले काठमाडौँ-५ बाट चुनाव नलड्ने घोषणा गरेका हुन् ।

“फेरि प्रस्ट्याउँ- वाग्मतीको किनारलाई श्रद्धापुर्वक ढोग्ने हो । तर मान्छे म मेची र निन्दा किनारकै हो । काठमाडौँ-५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर, उमेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उमेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न,” उनले ट्विटमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्