Logo

झापाबाट गगन थापाले सुरू गरे मेची-महाकाली संवाद यात्रा



झापा, १३ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मेची-महाकाली संवाद यात्रा सुरू गरेका छन् । भद्रपुर नगरपालिका-५ मेची पुलबाट संवाद यात्रा सुरू गरेका हुन् ।

समुदायमा कांग्रेस अभियान अन्तर्गत सुरू महामन्त्री थापाको संवाद यात्रा शुभारम्भ कार्यक्रममा अर्का महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेता प्रदीप पौडेल लगायत नेताहरू उपस्थित थिए ।

शुभारम्भ कार्यक्रममा बोल्दै महामन्त्री शर्माले संवाद यात्राका क्रममा समुदायले दिने सुझावबारे फागुन ७ गते बस्ने पार्टीको महासमिति बैठकले गम्भीर छलफल गर्ने बताएका छन् ।

संवाद यात्रामा औपचारिक कार्यक्रम नगर्ने जनाइएको छ । सबैजसो कार्यक्रम वडा स्तरमा आयोजना हुने र कांग्रेसको वडा तहले संयोजन गर्नेछ । थापाले संवाद यात्राको कार्यक्रम बिहान ७ देखि ९ बजेसम्मका लागि तय गरेका छन् । संवाद यात्रा माघ २६ गते सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्