Logo

झापाबाट प्रधानमन्त्रीको घोषणा- ओलीबिनाको एमाले देख्ने चहाना पूरा हुँदैन



झापा, २९ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको एकता मजबुत बनाएर संकल्पसहित लाग्न सके अरूले हराउन नसक्ने बताउनुभएको छ।

एमालेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई आइतबार दमकमा सम्बोधन गर्दै उनले लामो समय बसेर विभिन्न जिम्मेवारी र लाभको अवसर लिएका स्वार्थी नेताहरूले विगतमा विभाजन र पार्टी सिद्धयाउने षड्यन्त्र गरेको बताउनुभयो ।

तर उक्त प्रयासविरुद्ध कार्यकर्ता र जनताले एमालेलाई बचाएर पुनः राष्ट्रिय शक्ति बनाएको उहाले उल्लेख गर्नुभयो ।

पछिललो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्किएको घोषणा गरिसकेको अवस्थामा प्रधानमन्त्रीसमेत रहेका ओलीले आफूबिनाको एमाले देख्न नचाहने प्रतिक्रियावादीले खेल्न थालेको बताउनुभयो ।

‘त्यो केपी ओलीबिनाको एमाले देख्न चाहने प्रतिक्रियावादीहरूको खेल हो’, उहाले भन्नुभयो, ‘पार्टीभित्र र बाहिरबाट भइहेको षड्यन्त्र चिर्दै ढुक्कका साथ सही नीति र नेतृत्वको पक्षमा लाग्नुस् ।’

उहाले एमालेबिनाको देश होस् भन्ने चाहना पनि पूरा नहुने बताउनुभयो । ‘एमालेबिनाको देश र केपी ओलीबिनाको एमाले होस् भन्ने कामना गर्नेहरूको कामना पूरा हुँदैन’, उहाले भन्नुभयो, ‘एमाले साना स्वार्थ बोक्ने पार्टी होइन । यसको काँधमा देश बनाउने महान उद्देश्य छ । यो राष्ट्रिय हितका लागि बलिदानबाट आएको पार्टी हो ।’

उहाले एमालेविरुद्ध जाल बुन्नेहरू सफल नहुने बताउनुभयो । ‘माकुरोको जालोमा कहिल्यै भैंसी पर्दैन । हाम्राविरूद्धको भ्रामक प्रचारको पछि लाग्नु हुँदैन । केपी ओली र एमालेले भ्रष्टाचार गर्दैन’, उहाले भन्नुभयो, ‘हामी सहकारी ठगेर मुद्दा झेलेपछि आफ्नो पक्षमा हस्ताक्षर अभियान चलाउने रास्वपाजस्तो हुँदै होइन ।’

प्रतिक्रिया दिनुहोस्