Logo

झापाबाट भागे जघन्य अपराधमा संलग्न ९२ जना थुनुवा



झापा, २६ भदौ । झापा जिल्लाका विभिन्न प्रहरी कार्यालयबाट ९२ जना थुनुवा भागेका छन्।

भादौ २४ गते भएको आन्दोलनका क्रममा आन्दोलनकारीहरुले गम्भीर र जघन्य प्रकृतिका र अन्य अपराधमा संलग्न भइ अनुसंधानमा रहेका कैदीलाई भगाएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना, अनारमनिबाट ३६ जना र झिलझिलेबाट ५ जना आन्दोलनका क्रममा भागेका छन्।

प्रतिक्रिया दिनुहोस्