Logo

झापामा आली खन्ने क्रममा चट्याङ लाग्दा युवकको मृत्यु



झापा, ९ असार ।  गौरीगन्ज गाउँपालिकामा आज बिहान चट्याङ लागेर एक युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरीगन्ज–३ स्थित सयपत्री टोलमा चट्याङ लाग्दा ३० वर्षीय बलबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो। भोजपुरको आमचोक–९ स्थायी घर भएका श्रेष्ठ हाल स्थानीय चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका थिए।

प्रहरीका सूचना अधिकारी रञ्जन आवालका अनुसार आज बिहान खेतमा आली खन्ने क्रममा अचानक परेको चट्याङले उनलाई लागेको थियो। गम्भीर घाइते भएका श्रेष्ठको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्