Logo

झापामा एमाले तीन, कांग्रेस र राप्रपा एक-एक क्षेत्रमा विजयी



झापा, ९ मंसिर । पाँच वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको झापामा तीन वटा क्षेत्रमा नेकपा (एमाले)ले जितेको छ भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी एक/एक क्षेत्रमा निर्वाचित भएका छन् ।

एमाले क्षेत्र नं २, ४ र ५ मा विजयी भएको छ । क्षेत्र नं २ मा एमालेका देवराज घिमिरे, क्षेत्र नं ४ मा लालबहादुर (एलपी) साँवा र क्षेत्र नं ५ मा पार्टी अध्यक्ष केपी शर्मा ओली विजयी बनेका हुन् ।

त्यस्तै झापा क्षेत्र नं.१ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्