झापा, ४ वैशाख । झापाको कन्काई नगरपालिकामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नं. ९ का ४५ वर्षीय सन्तोष नेम्बाङ रहेका छन् ।
आज दिउँसो ४ः३० बजे कन्काई नगरपालिका वडा नं. २ मा रहेको हेप्पील्याण्ड फनपार्क भित्र नेम्बाङलाई बिजुली मर्मत गर्ने क्रममा करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका नेम्बाङलाई उपचारको लागि कनकाई नगर अस्पताल सुरुङ्गा पुर्याउनासाथ चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । सो सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।