Logo

झापामा खोलामा डुबेर तीन बालिकाको मृत्यु



झापा, ३० असोज । झापाको गौरादहमा माछा मार्ने क्रममा आज स्थानीय कृष्ण खोलामा डुबेर तीन बालिकाको मृत्यु भएको छ । गौरादह नगरपालीका ९ मा माछा मार्ने क्रममा कृष्ण खोलामा डुबेर तीन बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरीहरु सात बर्षीया सुष्मा, नौ बर्षीया स्वीकृति मगर र रोमन परियारकी ११ बर्षीया छोरी रोस्नि परियार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्