झापा, २७ चैत । झापाको गौरादह नगरपालिका-५ मा आइतबार दिउँसो चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय कार्की चोककी ४० वर्षीया मनमाया थापा हुन् ।
घरमा बसिरहेका बेला चट्याङ लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटामै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।