Logo

झापामा चोरिएका मोटरसाइकल ताप्लेजुङबाट बरामत, मगर पक्राउ



झापा, ११ फागुन । झापाका विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकल ताप्लेजुङमा बरामत गरिएको छ ।

झापाबाट खटिएको प्रहरी टोलीले सात वटा मोटरसाइकल बरामत गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलन गर्दै मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं.६ घर भई हाल बिर्तामोड नगरपालिका वडा नं.६ बुट्टाबारी बस्ने २७ वर्षीय योगेश मगर भन्ने बालकुमार मगरसहित बरामत मोटरसाइकल सार्वजनिक गरेको हो ।

गत शुक्रवार एक थान मोटरसाइकलसहित पाँचथरमा मगरलाई प्रहरीले पक्राउ गरेको थियो । सोही युवासँगको अनुसन्धानका क्रममा प्रहरीले चोरीका मोटरसाइकलहरु ताप्लेजुङमा विक्री गरिहरेको सूचना पाएको थियो । प्रहरीले ताप्लेजुङस्थित मिरिङ्देन गाउँपालिका र फुङलिङ नगरपालिकाबाट चोरी भएका मोटरसाइकल बरामत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्