Logo

झापामा जंगली हात्तीको आक्रमणबाट घाइते महिलाको मृत्यु



झापा, १३ फागुन । झापामा जंगली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

बाह्रदशी गाउँपालिका–१ बोक्राझारी निवासी लखनलाल राजवंशीकी श्रीमती ५० वर्षीया लिला राजवंशी यही फागुन ७ गते हात्तीको आक्रमणमा परेकी थिइन्। उनको बिर्तामोडस्थित बीएसण्डसी अस्पतालमा उपचार भइरहेको थियो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार उपचारकै क्रममा उनको मृत्यु भएको हो।

घर निर्माणका लागि बनाउँदै गरेको पक्की घरमा पानी हाल्ने क्रममा नजिकैको लक्ष्मीनाथ सामुदायिक वनबाट आएको जंगली हात्तीले आक्रमण गर्दा उनी गम्भीर घाइते भएकी थिइन्। पछिल्लो समय वन क्षेत्र आसपास जंगली हात्तीको गतिविधि बढ्दै गएपछि स्थानीय त्रसित बनेका छन्।

प्रतिक्रिया दिनुहोस्