Logo

झापामा जलेर एक जनाको ज्यान गयो



झापा, ७ चैत । तरकारी खेतीमाथि छोपेको परालमा आगलागी हुँदा जलेर झापामा एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका-१ का ५५ बर्षीय निलकण्ठ घिमिरे रहेको प्रहरीले जनाएको छ ।

आज बिहान परालमा लागेको आगोमा परी उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक घिमिरेको शव कानूनी प्रक्रिया पुरा गरी पोस्टमाटमका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्