Logo

झापामा तीन जना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा फेला



झापा, ८ साउन । झापामा तीन जना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको छ । जिल्लाको कचनकवल गाउँपालिकामा तीन जना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको हो।

कचनकवल गाउँपालिका–५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा झुन्डिएको अवस्था स्थानीय तीन किशोरीको शव फेला परेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । दुई जना एउटै हाँगामा र एक जना अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेको उनले बताए ।

कचनकवल–५ निवासी पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीया छोरी कल्पनाको झुन्डिएको अवस्थामा शव फेला परेको हो । स्थानीयका अनुसार उनीहरू तीनै जना शनिवार दिउँसोदेखि घरबाट बेपत्ता भएका थिए । उनीहरूलाई आज बिहान साढे ७ बजे सामूहिक झुन्डिएको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्