झापा, २५ भदौ । झापाको विर्तामोडमा पाँच सय बढी नेता तथा कार्यकर्ता राप्रपामा प्रवेश गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले विर्तामोडमा आयोजना गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी पाँचसय भन्दा बढी दलका नेता तथा कार्यकर्ता राप्रपामा प्रवेश गरेका हुन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र जनता समाजवादी पार्टी परित्याग गरेर पाँच सय बढी नेता तथा कार्यकर्ता राप्रपामा प्रवेश गरेको जिल्ला अध्यक्ष केशव ओझाले जानकारी दिनुभयो ।
उहाका अनुसार सबैभन्दा धेरै अर्जुनधाराबाट एक सय ५७ जना राप्रपामा प्रवेश गरेका छन् ।त्यस्तै बिर्तामोडबाट एक सय बढी, कनकाई ८-बाट ४०, मेचीनगरबाट ३०, वुद्धशान्तिबाट ४०, कचनकवलबाट ५०, भद्रपुरबाट ४०, हल्दिवारीबाट ५६, बाह्रदशीबाट ३०, झापाबाट १०, दमकबाट १० जना राप्रपामा प्रवेश गरेका छन् ।
कार्यक्रममा अर्जुनधारा नगरपालीकाको एउटै वडाबाट एक सय बिस जना भन्दा वढी राप्रपामा प्रवेश गरेका छन् । तरुण दल अर्जुनधारा ५ का अध्यक्ष टंक दाहालको नेतृत्वमा उनीहरु राप्रपामा प्रवेश गरेका हुन् ।
सो अवसरमा जसपा झापा जिल्ला उपाध्यक्ष संगिता रौनियार, जसपाकै नेता सुरेश राय यादव, बिश्व हिन्दु महासंघका केन्द्रिय उपाध्यक्ष ध्रुव शिवाकाटी लगायत नेता कार्यकर्तालाई राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गर्नुभएको थियो ।