Logo

झापामा ब्राउन सुगरसहित तीन जना पक्राउ



झापा, २९ चैत । ब्राउन सुगरसहित झापामा तीन जना पक्राउ परेका छन् । प्रहरीले कनकाई नगरपालिका वडा नं. २ जामुनखाडी सिमसारका भानु दाहालको घर खनतलासी गर्दा ब्राउनुगर फेला परेको हो ।

प्रहरीले इलाम माई नगरपालिका वडा नं. ८ घर भएका आशबहादुर लिम्बू र उमेश राईसमेत पक्राउ गरेको छ । प्रहरीले ५ ग्राम ३०० मिलिग्राम ब्राउन सुगर, ३४ हजार नगद र मोवाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्