Logo

झापामा भारी वर्षा: एक सय घर डुबानमा



झापा, १४ असार । गएरातिदेखि परेको वर्षाका कारण झापाको कनकाई नदीमा पानीको बहाव बढेको छ ।

कन्काईको बाढीले करिब एक सय घर डुबानमा परेका छन् ।

कन्काईको एक भंगालो बस्ती पसेको छ । इलाका प्रहरी कार्यालय शिवगञ्ज पूर्वको बस्ती डुवानमा परेको हो । मेची, निन्दा, बिरिङ, कनकाई, रतुवा लगायतका नदीमा पानीको सतह बढेको छ ।

यस्तै पाँचगाछि सन्थाल बस्ती पनि डुवानमा परेको छ । जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा लगिएको छ ।जोखिम बस्तीमा नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्