Logo

झापामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना



झापा, ९ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि झापामा मुख्य निर्वाचन अधिकृतको कार्यालय विहीबार स्थापना गरेको छ ।

मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमको कार्यालय शिक्षा विकास तथा समन्वय इकाई समितिको कार्यालयमा स्थापना गरिएको हो ।

उनले कार्यालयको स्थापनासँगै १४ वटै पालिकाका खटिएका निर्वाचत अधिकृतसँग समन्वय गरेर काम गर्ने बताए । यो कार्यालय मुख्य निर्वाचन अधिकृतसहित भद्रपुर नगरपालिकाको पनि हो ।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले आजदेखि सरकारले घोषणा गरेको आचारसंहिता पालना भए नभएको समेत सो कार्यालयबाटै हेरिने बताए ।

प्रतिक्रिया दिनुहोस्