झापा, २१ साउन । झापामा मोटरबाट सिँचाई गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका-४ जोरघरेका ५४ वर्षीया चन्द्रमाया नेम्वाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार गएराति आफ्नै घरदेखि १० मिटर पूर्वोत्तरमा रहेको मोटरबाट खेतमा सिँचाई गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
घटनास्थलमै मृत्यु भई लडिरहेको अवस्थामा उनका छोरा २५ वर्षीय सुशील नेम्वाङले देखेर शव घरमा ल्याएका थिए । घटना पश्चात् इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।