Logo

झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



झापा, २३ भदौ । झापाको कमल गाउँपालिका-३ स्थित भित्री सडकखण्डमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले दिएको जानकारीअनुसार कमल गाउँपालिका-३ बोहोरा टोलमा भएको दुर्घटनामा सोही स्थानका ३० वर्षीय वीरेन्द्र सहनीको मृत्यु भएको हो ।

दक्षिणबाट उत्तरतर्फ आइरहेको मे११प ९२०३ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको मे२प ५९२३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा मे२प ५९२३ नं मोटरसाइकल चालक सहनीको मृत्यु भएको प्रहरी सहायक निरीक्षक खड्काले बताए । उनका अनुसार दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्