Logo

झापामा राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक अनावरण



झापा, २६ कात्तिक । झापाको शिवसताक्षी नगरपालिका–९ मा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको पूर्णकदको सालिक अनावरण भएको छ । किरात धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुआमा पवित्राहाङ साँवा लिङ्देनले शनिवार सालिकको अनावरण गरेका हुन् ।

कनकाई नदीको किनारमा अवस्थित चिल्लागढ धाममा राष्ट्रिय विभूति फाल्गुनन्दको १३९औँ जन्मजयन्तीको अवसरमा पारेर सालिक स्थापना गरिएको हो । सालिक निर्माणमा रु. ५० लाख खर्च भएको चिल्लागढ धाम धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष शिशिर तुम्बापोले जानकारी दिए ।

किरात महागुरु फाल्गुनन्दको अहिंसा र विश्व मानव जगतको शान्तिका लागि पुर्याउनु भएको सन्देशलाई कदर गर्दै सालिक निर्माण गरिएको तुम्बापोले बताए । चिल्लागढ धाम किरात र हिन्दू दुवै धर्मावलम्बीको साझा तीर्थस्थलको रूपमा विकास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्