Logo

झापामा सर्पदंशको अर्को दुःखद घटना, उपचारकै क्रममा एक पुरुषको मृत्यु



झापा, २९ पुष । झापामा सर्पले टोकेर एक व्यक्तिको ज्यान गएको छ। कमल गाउँपालिका–६ सोनापुर गेउरीया निवासी ३७ वर्षीय बुद्धिकुमार राजवंशीको सर्पदंशका कारण मृत्यु भएको हो।

आइतबार साँझ करिब ७ः३० बजे घरमै शौचालय जान गएका बेला विषालु सर्पले राजवंशीको बायाँ खुट्टाको गोलीगाँठोमा टोकेको थियो। सर्पले टोकेपछि गम्भीर अवस्थामा रहेका उनलाई तत्काल नेपाल रेडक्रस सोसाइटी उप–शाखा दमकमा पुर्‍याएर उपचार सुरु गरिएको थियो।

तर अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि सोमबार बिहान करिब ७ बजे कोशी अस्पताल विराटनगर लगिएको थियो। अस्पताल पुगेपछि चिकित्सकले जाँच गर्दा उनको मृत्यु भइसकेको पुष्टि गरेका थिए।

मृतकको शव हाल कोशी अस्पतालमै राखिएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय मोरङसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्