झापा, २० असोज । झापामा गएराति गोमन सर्पले डसेर एक बालिकाको मृत्यु भएको छ ।
गौरादह नगरपालिका वडा नं.९ बैगुन्धुरा मावलमा दशैंको टिका लगाउन गएकी दमक वडा नं.२ का वडाध्यक्ष प्रजापति सापकोटाकी नातिनी श्रुति सापकोटाको गोमन सर्पले डस्दा मृत्यु भएको हो ।
नेकपा एमालेको भगिनी संगठन अखिल नेपाल महिला संघ प्रदेश एक कमिटी अध्यक्ष शुभेच्छा सापकोटाकी छोरी श्रुतिलाई उपचारको लागि लाईफलाईन अस्पताल दमक ल्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।






