Logo

झापामा हात्तीको आक्रमणबाट पाँच जनाको मृत्यु



झापा, २५ असार । चालु आर्थिक वर्षमा जिल्लामा पाँच जना मान्छेले हात्ती आक्रमणमा परेर ज्यान गुमाएका छन् भने दुई वटा हात्ती मरेका छन् ।

हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेमा ज्येष्ठ नागरिक रहेको डिभिजन वन कार्यालयको तथ्याङ्कले देखाएको छ । उनीहरूलाई चिया बगानमा पत्ती टिप्दा, खेतमा पानी लगाउँदै र घाँस काट्दै गर्दा हात्तीले कुल्चेर मारेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

हात्तीबाट मारिनेमा मेचीनगर नगरपालिका-९ की ७० वर्षीय पेना किसान, दमक नगरपालिका दमक-३ का ६३ वर्षीय गणेशप्रसाद अधिकारी, मेचीनगर नगरपालिका-१३ स्थित चारआली घर भएका ७१ वर्षीय खम्बासिंह कार्की, भद्रपुर नगरपालिका-९ बस्ने ६० वर्षीय रामबहादुर बुर्जा र कनकाई नगरपालिका ७७ वर्षीय कृष्णबहादुर भुजेल रहेको कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीले बताए ।

बुद्धशान्ति गाउँपालिका-५ आयाबारीमा करिब आठ वर्ष र अर्जुनधारा नगरपालिका-४ दहीझोडा सामुदायिक वनभित्र रहेको खोला किनारमा २५ वर्षको हात्ती यसै हप्ताभित्र मृत भेटिएको सहायक वन अधिकृत खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्