
झापा, १५ भदौ । झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
बाह्रदशी गाउँपालिका वडा नं.१ बस्ने ८० वर्षीय देवीबहादुर अधिकारीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
स्थानीय मनकामना सामुदायिक वनमा जंगली हात्तीको आक्रमणबाट बिहान १० बजेतिर घाइते भएका उनलाई उपचारका लागि घोपा धरानतर्फ लैजाँदै गर्दा साँझ साढे ५ बजे बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार यस घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।






