Logo

झापामा हात्तीको आक्रमणबाट भुजेलको मृत्यु



झापा, ५ पुस । झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका वडा नं.१ बस्ने ३७ वर्षिय जगतबहादुर भुजेल रहेका छन् ।

आज दिउँसो ४:२० बजेको समयमा कचनकवल गाउँपालिका वडा नं.१ स्थित पश्चिम देउराली चारकोसे सामुदायिक वनमा घाँस दाउरा गरी फर्केने क्रममा भुजेललाई वनसंग जोडिएको यज्ञ ओलीको खेतबारीमा सोही सामुदायिक वनबाट आएको जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी बसन्त पाठकले बताए ।

उनले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्