झापा, १४ चैत । झापाको शिवसताक्षीमा जङ्गली हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका छन् ।
आज साँझ ५:३० बजेको समयमा हात्तीले आक्रमण गर्दा शिवसताक्षी नगरपालिका वडा नं.११ की ६० वर्षीया पवित्रा भेटवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हात्तीको आक्रमणबाट घाइते भएका ६२ वर्षीय दिलिप भेटवालको गम्भीर अवस्थामा बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । पवित्रा र दिलिपलाई हात्तीले लछारपछार पार्दा मुख, हात र शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।
रतुवामाई बृक्षरोपण आयोजनामा दाउरा खोज्न गएका समयमा हात्तीले भेट्वाल दम्पत्तीलाई आक्रमण गरेको थियो ।






