काठमाडौँ, १४ असार । झापामा भारी बर्षाका कारण २ सय ७७ घर डुबानमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अहिलेसम्म २ सय ७७ घर डुबानमा परेका हुन् ।
भारी बर्षाका कारण डुबान र जलमग्न भएका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ । स्थानीय सरकारले सडक ढल निकासको उचित व्यवस्थापन, पैनी तथा खोलामा तटबन्ध नगर्दा स्थानीय जोखिम मोलेर बस्न बाध्य छन् ।
बाढी पूर्वानुमान महाशाखाको पछिल्लो विवरणले झापाको भद्रपुर, बिर्तामोड, शनिश्चरे, आसपास भारी वर्षामापन गरेको छ । अहिले पनि झापामा भारी वर्षा भइरहेको छ ।
जिल्लाको मेची, निन्दा, विरीङ, कनकाई, अन्धुवा, देउनियाँ, हडियामा पानी बहाव बढिरहेकाले तटबन्ध नलगाएको तटीय क्षेत्र तीव्र रूपमा कटान भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।