झापा, ४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज भएको निर्वाचनमा झापामा ६७.२८ प्रतिशत मतदान भएको छ । झापामा कूल मतदाता ६ लाख ६३ हजार ३११ रहेकोमा ४ लाख ४६ हजार २ सय ५५ मत खसेको छ ।
खसेको मत मध्ये २ लाख ३१ हजार ८०३ महिला र २ लाख १४ हजार ४५२ पुरुष रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ । झापाका ५ वटा निर्वाचन क्षेत्रमा ६७.२७६८ प्रतिशत मत खसेको हो ।
झापा क्षेत्र नं. १ मा कूल मतदाता १ लाख २० हजार ३७५ रहेकोमा ८७ हजार ३९६ मत खसेको छ । यो खसेको मतको ७२.६० प्रतिशत हो । झापा क्षेत्र नं. २ मा कूल मतदाता १ लाख ३४ हजार ९१ रहेकोमा ८७ हजार ७२३ मत खसेको छ । यो खसेको मतको ६५.४२ हो ।
त्यस्तै झापा क्षेत्र नं. ३ मा १ लाख ३१ हजार ४३२ मतदाता रहेकोमा ८९ हजार ६३७ मत खसेको छ । यो खसेको मतकोे ६८.२० प्रतिशत हो । झापा क्षेत्र नं. ४ मा १ लाख २३ हजार १२४ मतदातामा ७९ हजार ३४९ मत खसेको छ । यो खसेको मतको ६४.४४ प्रतिशत हो ।
त्यसैगरी झापा क्षेत्र नं. ५ मा १ लाख ५४ हजार २८९ मतदाता रहेकोमा १ लाख २ हजार १५० मत खसेको छ । यो खसेको मतको ६७.२७ प्रतिशत हो ।