झापा, ३१ वैशाख । झापामा ७०.४८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा ४ लाख ५५ हजार ४७६ मतदाताले मतदान गरेको सो कार्यालयले जनाएको हो ।
बिहान ७ बजे शुरु भएर निर्धारत समय साँझ ५ बजे सम्पन्न मतदानमा ७०.४८ प्रतिशत मत खसेको निर्वाचन कार्यालय प्रमुख तुलसीकुमार नेपालले बताए ।
जिल्लाभर मतदान शान्तिपूर्ण सम्पन्न भएको उनले बताए । झापामा ६ लाख ४६ हजार २३४ जना मतदाता रहेका छन् । उनीहरुको लागि २८६ मतदानस्थल र ७५५ मतदान केन्द्र व्यवस्था गरिएको थियो ।