Logo

झापामा ७९ जनामा डेङ्गु सङ्क्रमण



झापा, ९ असोज । झापामा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ ।

जिल्लाका १५ पालिकामध्ये १२ पालिकाका हालसम्म ७९ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका डेङ्गु तथा महामारी ‘फोकल पर्सन’ वीरेन्द्र दासले जानकारी दिए ।

“यसअघि जिल्लाका केही पालिकामा मात्र डेङ्गु सङ्क्रमण देखिएको थियो”, उनले भने, “पछिल्लो समय डेङ्गु सङ्क्रमण बढ्दै गएको छ ।”

सङ्क्रमितमध्ये पुरुष ४५ जना र महिला ३४ जना छन् । हल्दिबारीमा सबैभन्दा धेरै १६ जना सङ्क्रमित फेला परेका छन् । यस्तै मेचीनगरमा १०, बुद्धशान्तिमा सात, अर्जुनधारामा एक, कनकाईमा आठ, कमलमा छ, दमकमा सात, गौरादहमा एक, झापामा तीन, बिर्तामोडमा १४, भद्रपुरमा चार र कचनकवलमा दुई जनामा डेङ्गु सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्