Logo

झापालाई हराउँदै सिरिजङ्गा गोल्ड कपको विजेता बन्यो इलाम



ताप्लेजुङ, ३० मङ्सिर । ताप्लेजुङको तेल्लोकमा सम्पन्न तेस्रो सिरीजङ्गा गोल्ड कपको उपाधि इलाम सन्दकपुरको देउराली स्पोटिङ कल्बले उपाधि हात पारेको छ । तेल्लोक माविको खेल मैदानमा शुक्रवार भएको खेलमा ज्यू स्टार झापालाई दुई शून्य गोल अन्तरले पारजित गर्दै देउराली स्पोटिङ कल्बले तेस्रो संस्करणको सिरिजङ्गा गोलको नयाँ विजेता टोली बनेको हो ।

देउराली सुटिङको जीतमा एक गोल उपहार पाएको थियो । पहिलो हाफको २४औँ मिनेटमा अविसेक लिम्बूले आत्मघाती गोल गर्दै देउराली स्पोटिङ इलामले सुरुवाती अग्रता लिएको थिए । पहिलो हाफमा एक गोल गरेको इलामले दोस्रो हाफमासमेत एक गोल गरेको थियो । इलामका लागि दोस्रो हाफको २२औँ मिनेटमा विकेश लिम्बूले गोल गर्दै टिमले जीत हात परेको जनाइएको छ । झापाली टिमले केही अवसर प्राप्त गरे पनि अवसर सिर्जना गर्न नसक्दा उपविजेतामा सीमित भएको छ ।

विजेता भएको देउराली स्पोटिङ कल्बले ट्रफी मेडल प्रमाणपत्रसहित नगद रु दुई लाख दुई हजार प्राप्त गर्दा उपविजेतामा चित्त बुझाएको झापाली एक लाख ११ हजार रुपैयाँ चित्त बुझाएको छ । किरात लिम्बू साहित्यकर तथा लिम्बू भाषा लिविका पुनरुत्थान कर्ता सिरिजङ्गा सिंह थेवेको जन्म जयन्तीको अवसर पार्दै तेल्लोक स्पोटिङ कल्बले २०७७ सालदेखि गोल्ड आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्