झापा, ५ मंसिर । झापा क्षेत्र नं.१ मा मतगणना सुरु भएको छ ।
भर्खर प्राप्त जानकारी अनुसार अहिले मतपेटिका खोलेर मतपत्र मिलाउने काम धमाधम भइरहेको छ ।
झापा क्षेत्र नं.१ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा र नेकपा एमालेका अग्नि खरेलबीच कडा प्रतिस्पर्धा भएको आंकलन गरिएको छ ।







