Logo

झापा क्षेत्र नं.३ : गणतन्त्र जोगाउने र राजतन्त्र फर्काउने दुवै प्रतिस्पर्धीलाई तेस्रो शक्तिको भर



झापा, २६ कात्तिक । प्रतिनिधिसभा निर्वाचनमा १८ जना उम्मेदवार रहेको झापा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच उच्च प्रतिस्पर्धा रहेको मतदाताहरू बताउँछन् ।

फरक राजनीतिक कित्ताबाट राष्ट्रिय राजनीतिमा स्थापित दुवै नेताका लागि यो निर्वाचन क्षेत्रबाट जित निकाल्न सहज नभएको सबेरैबाट सुरु भएर अबेरसम्म चल्ने उनीहरूका चुनावी गतिविधिले देखाउँछन् ।

एक जना गणतन्त्रवादी र अर्को राजावादी भनेर चिनिएका दुवै उम्मेदवारको चुनावी भविष्य चाहिँ उनीहरूले चुनावी गठबन्धन गरेका अन्य दलबाट पाउने सहयोगमा निर्भर देखिन्छ ।

गणतन्त्र सहितका परिवर्तनको सूत्रधार भएको दाबी गर्ने सिटौलाले राजतन्त्र सहितको पुरानो व्यवस्थाको वकालत गर्ने उम्मेदवारबाट यो क्षेत्रको समृद्धि सम्भव नहुने भन्दै यहाँका मतदाताहरूलाई आफ्नो पक्षमा ल्याउन प्रयास गरिरहेका छन् । बिबिसी न्यूजबाट

प्रतिक्रिया दिनुहोस्