Logo

झापा गाउँपालिकामा आगलागी हुँदा ठूलो धनमालको क्षति



झापा, ४ चैत । झापा गाउँपालिका वडा नं. ५ सिमलडाँगीमा आज दिउँसो आगलागी हुँदा ठूलो धनमालको क्षति भएको छ। स्थानीय मुस्ताफा अलीको टिनको छानो र टाटी बेरा भएको एकतले घरमा विद्युत् सर्ट हुँदा आगलागी सुरु भएको जनाइएको छ।

आगलागीका कारण घरका दुई सुत्ने कोठा, भान्सा र गाईगोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन्। साथै घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन, सुन–चाँदी, नगद रकम, फ्रिज, टेलिभिजन तथा नजिकै राखिएको मोटरसाइकल समेत जलेको छ।

प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

नेपाल प्रहरीको टोली प्रहरी सहायक निरीक्षक डिल्लीबहादुर भुजेलको नेतृत्वमा खटिएको थियो। भद्रपुरबाट आएको दमकल र स्थानीयवासीको सहयोगमा साँझ ५:१५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्