Logo

झापा गाउँ पालिकाको मतदान केन्द्र बाहिर विस्फोट, मतदान निरन्तर



सांकेतिक तस्बिर

झापा, ४ मंसिर । झापा गाउँपालिका वडा नम्बर २ को कुवाडी देवी माविको मतदान स्थल बाहिर बमको जस्तो आवाजमा विस्फोट भएपनि मतदान चलिरहेको छ ।

बम जस्तो आवाजमा भएको विस्फोटबाट मतदाता त्रसित भएका थिए । यद्धपि, मतदान प्रक्रिया भने चलिरहेको छ । मतदान केन्द्र बाहिर पटकाको जस्तो आवाज आएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी विश्वराज पोखरेलले बताए ।

नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थिति बढाइएको छ भने चेकजाँचलाई कडा बनाइएको छ । कसले विस्फोट गरायो भन्ने विषयमा खुली नसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्