Logo

झापा गोल्डकप: उपाधिका लागि त्रिभुवन आर्मी क्लब र झापा-११ खेल्दै



झापा, ३० फागुन । झापा गोल्डकप फुटबलको उपाधिका लागि आज त्रिभुवन आर्मी क्लब र झापा-११ खेल्दै छन् ।

खेल दिउँसो साढे २ बजे बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुने छ ।

आज आर्मी उपाधि रक्षा अभियानका साथ मैदान उत्रिँदा झापा घरेलु मैदानमा पहिलो उपाधि जित्ने दाउमा हुनेछ । यसअघि आर्मीले तीन पटक झापा गोल्डकपको उपाधि जितेको थियो ।

प्रतियोगिताको उपाधि विजेताले नगद १२ लाख ५५ हजार रुपैयाँ र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्