Logo

झापा गोल्डकप: उपाधि त्रिभुवन आर्मीलाई



झापा, ३० फागुन । नेपाल आइस पाँचौँ झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले उचालेको छ ।

झापाको डोमालाल रंगशालामा आज भएको फाइनल खेलमा झापा–११ लाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो ।

आर्मीका लागि १८ औं मिनेटमा टेकबहादुर बुढाथोकी र २०औं मिनेटमा जर्ज प्रिन्स कार्की एक÷एक गोल गरे भने झापा–११ का लागि बिमल घर्ती मगरले २४ औं मिनेटमा एक गोल फर्काएका छन् ।

प्रतियोगितामा विजयी आर्मीले नगद रू १२ लाख ५५ हजार र उपविजेता झापा–११ ले रू छ लाख पाँच हजार हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस्