Logo

झापामा चट्याङले गोठमै मरे राँगा



झापा, ३ असार । अविराल बर्षासहित परेको चट्याङ लागेर आज विहान गोठमा बाँधी राखेको दुई वटा राँगा मरेका छन् ।

मेचीनगर नगरपालिका– ३ भावना टोल बस्ने योगेन्द्र भट्टराईको गोठमा बाँधिएका राँगा चट्याङ लागेर मरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उहाँको राँगा मर्दा  एक लाख ५० हजार बराबरको क्षति भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्