झापा, ३० जेठ । कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेयता पहिलो पटक झापामा संक्रमण देखा परेको छ ।
बिर्तामोड–५ की ५२ वर्षीया एक महिलामा कोरोना भाइरसको नयाँ भेरिएन्ट पोजिटिभ देखिएको हो । हिजो बिर्तासिटी अस्पतालमा परीक्षण गराउँदा ती महिलाको रिपोर्ट पोजिटिभ आएको प्रहरी स्रोतले जनाएको छ ।
ती संक्रमित महिला घरमै आइसोलेसनमा बसिरहेकी छन् । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।