Logo

झापा महिला गोल्डकपको उपाधिका लागि आज पुलिस र एपीएफ खेल्ने



झापा, २४ कात्तिक । झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् । यो खेल झापाको शिवसताक्षीमा रहेको दूधे रङ्गशालामा दिउँसो एक बजे शुरू हुने आयोजकले जनाएको छ ।

नेपाल पुलिस क्लबले सङ्कटा एफसीलाई र एपीएफले नेपाल आर्मीलाई हराउँदै फाइनल प्रवेश गरेका हुन् । प्रतियोगिताको विजेताले १० लाख १० हजार रुपैयाँ र दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँका दरले पुरस्कार पाउने छन् ।

हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्