Logo

झापा सहित विभिन्न जिल्लामा भूकम्पको धक्का, धेरैबेर हल्लायो



झापा, २३ पुस । पूर्वि नेपालको झापा सहित विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । काठमाडौंमा पनि भुकम्पको धक्का महसुस भएको छ ।

पटकपटक गरेर लगातार ठुलो भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्किएका छन् ।

मंगलबार बिहान ६ बजेर झण्डै ५२ मिनेट जाँदा झापा, काठमाडौँ उपत्यकासहितका क्षेत्रमा भूकम्प गएको हो।

भूकम्पको धक्का झापा, काठमाडौं लगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर लगायतका जिल्लामा समेत धक्का महसुस गरिएको छ । केन्द्रविन्दु र कहाँके कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन ।

सुरक्षाका लागि भूकम्पपछिका सम्भावित पराकम्पहरूबाट जोगिन सतर्क रहनुहोस् र आपत्कालीन तयारीमा ध्यान दिनुहोस्।

भूकम्पको परिमाण र केन्द्रबिन्दु सम्बन्धी थप जानकारीका लागि राष्ट्रिय भूकम्प मापन केन्द्रको आधिकारिक विवरण प्रतीक्षारत छौँ।

प्रतिक्रिया दिनुहोस्