Logo

झापा ११ झापा गोल्डकपको क्वार्टर फाइनलमा



झापा, २४ माघ । आयोजक झापा–११ फुटबल क्लबले एक्स्ट्रिम सातौँ झापा गोल्डकप (विनोद बस्नेत स्मृति संस्करण) अन्तर्गत क्वार्टरफाइनलमा स्थान बनाएको छ। डोमालाल राजवंशी रंगशालामा भएको खेलमा झापाले नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गर्दै शानदार कमब्याक जित दर्ता गर्‍यो।

पहिलो हाफको १२ औँ मिनेटमा जोन विष्टको गोलमार्फत पुलिसले अग्रता लिएको थियो। तर इन्ज्युरी समयमा शिशिर लेखीले बराबरी गोल फर्काए। ५९ औँ मिनेटमा राजेश दाहालले निर्णायक गोल गर्दै झापालाई जित दिलाए। दाहाल नै प्लेयर अफ द म्याच घोषित हुँदै २५ हजार रुपैयाँ प्राप्त गरे।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल पाउनेछन्।

प्रतियोगिताको उद्घाटन बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईंले गरेकी थिइन्। उद्घाटन समारोहमा विभिन्न सम्मान तथा पुरस्कार वितरणसमेत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्