Logo

झापा-१ बाट कांग्रेस महामन्त्री शर्माको उम्मेदवारी दर्ता



झापा, २३ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न निर्वाचनका लागि उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका छन् ।

आइतबार उनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ झापा निर्वाचन क्षेत्र नम्बर-१ बाट उम्मेदवारी दिएका हुन् ।

उनी ०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार बनेका थिए । त्यति बेला शर्मा नेकपा माओवादी केन्द्रका उम्मेदवार सुरेन्द्रकुमार कार्कीसित पराजित भएका थिए ।

यो क्षेत्रमा नेकपा एमालेका तर्फबाट अग्नि खरेलले उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्