Logo

झापा १ बाट विश्वप्रकाश शर्माको एकल नाम सिफारिस



काठमाडौँ, १६ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् ।

क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको बिहीबार बसेको बैठकले शर्माको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस झापा क्षेत्र नम्बर १ ले शर्माको एकल नाम सिफारिस गर्ने निर्णयसँगै महामन्त्री शर्माले तेस्रोपटक आफ्नै निर्वाचन क्षेत्रबाट संघीय संसदमा चुनाव लड्ने पक्का भएको हो।

 

 

प्रतिक्रिया दिनुहोस्