Logo

झापा-१ मा कांग्रेसका विश्वप्रकाश शर्मा विजयी



झापा, ७ मंसिर । झापा-१ मा नेपाली कांग्रेसका उमेदवार विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

उनले नेकपा एमालेका उमेदवार अग्नि खरेललाई पराजित गर्दै विजयी भएका हुन् ।

शर्माले ३९ हजार ६२४ मत प्राप्त गरेका छन् भने एमालेका खरेलले २५ हजार ३४९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्