झापा, ६ मंसिर । झापा निर्वाचन क्षेत्र नं.१ मा हालसम्म ३१ हजार ९४७ मत गणना भइसकेको छ ।
क्षेत्र नं.१ मा कुल ८१ हजार ३३१ मत खसेको छ । जसमा नेपाली काँग्रेसका विश्वप्रकाश शर्माले १५ हजार ९४० मतका साथ अग्रता लिइरहेका छन् । शर्मालाई नेकपा एमालेका अग्नी खरेलले १० हजार ८९ मतका साथ पछ्याइ रहेका छन् ।
हालसम्म ५२ केन्द्रका मतगणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । कुल १३४ केन्द्र रहेको क्षेत्र नं.१ मा अब ८२ केन्द्रको नतिजा आउन बाँकी छ ।
अहिले ८ वटा मतपेटिका खोलिएका छन् । जनज्योती मावि बुद्धशान्ति-५, लक्ष्मी आवि मेचीनगर-७, सरस्वती आवि मेचीनगर-७, अरनिको मावि मेचीनगर-७ को एक स्थानमा गणना भइरहेको छ ।
त्यस्तै अर्को स्थानमा लक्ष्मी आवि मेचीनगर-७ ‘ख’, ज्ञानद्वीप आवि मेचीनगर १५, कविशिरोमणी मावि मेचीनगर-९ तथा शिशु साक्षर आवि मेचीनगर-१० केन्द्रका मतपेटिका खोलिएको छ ।
हेर्नुहोस् गणना भइसकेका केन्द्र:










