Logo

झापा-१ : विश्वप्रकाश शर्मा ६ हजार ५ सय ७३ मतान्तरले अगाडि



झापा, ६ मंसिर । झापा-१ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले मतान्तर बढाएका छन् ।

३४ हजार ४ सय २९ मत गनिसक्दा शर्माको १७ हजार २८९ र नेकपा एमालेका तर्फबाट अग्नी खरेलले १० हजार ७१६ मत ल्याएका छन् । शर्मा र खरेलको मतान्तर ६ हजार ५ सय ७३ रहेको छ ।

यता राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) का होमराज भण्डारीले ३३४८ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्