झापा, ७ मंसिर । झापा क्षेत्र नं.१ अन्तर्गत प्रदेशसभा २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सबिना बजगाई निर्वाचित भएकी छन् ।
बुधबार साझ सकिएको मत गणनामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार बनेका श्यामविर लिम्बुलाई १ हजार ३८८ मतान्तरले पराजित गर्दै बजगाई निर्वाचित भएकी हुन् ।
बजगाईले १३ हजार ६१२ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी लिम्बुले १२ हजार २२४ मत पाएका छन् ।







