Logo

झापा-२ मा मतान्तर घटाउँदै स्वतन्त्र उम्मेदवार



झापा, ७ मंसिर । झापा क्षेत्र नं. २ मा स्वतन्त्र उम्मेदवार स्वागत नेपालले नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेसँगको मतान्तर घटाउँदै लगेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुधबार विहानसम्ममा कुल ५२ हजार ५ सय ३६ सदर मत गणना भएको छ । गणना गरिएको मतमा एमालेका घिमिरेले १८ हजार ४ सय १० मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार नेपालले १६ हजार ९ सय ३९ मत प्राप्त गरेका छन् ।

उनीहरुबीच १ हजार ४ सय ७१ मतको फरक देखिएको छ । मत गणनाको आरम्भमा नेपालले अग्रता लिए पनि मंगलबारदेखि भने घिमिरेले लगातार अग्रता कायम गरेका छन् । तर, मंगलबार रातिबाट नेपालले केही मतान्तर घटाउँदै लगेका छन् ।
(यस अघिको विवरणमा केही परिमार्जन गरिएको छ-सम्पादक )

प्रतिक्रिया दिनुहोस्