Logo

झापा-२ मा स्वतन्त्रलाई पछि पार्दै एमालेका देवराज घिमिरे विजयी



झापा, ७ मंसिर । झापा–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भएका छन् । बुधबार बेलुका सम्पन्न मतगणनाको परिणाम अनुसार २८ हजार ५९६ मत प्राप्त गरी घिमिरे विजयी भएका हुन् ।

घिमिरेले निकटतम् प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत)लाई २ हजार २५६ मतको अन्तरले पराजित गरेका हुन् ।

स्वतन्त्र उम्मेदवार नेपालले २६ हजार ३४० मत प्राप्त गरेका छन् । अन्तिम अंकसहितको औपचारिक मत परिणाम घोषणा हुन भने बाँकी छ ।
मतगणनास्थलमा रहेका निकटतम् प्रतिष्पर्धी भद्रप्रसाद नेपाल (स्वागत)ले प्रतिनिधिसभामा विजयी घिमिरेलाई बत्राई दिए ।

नेकपा एमालेकै क्षेत्र नं. २(१) बाट एकराज कार्की र २(२) बाट चिन्तन पाठक निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्